Advertisement Banner
Advertisement Banner

०९ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

चालु आर्थिक वर्षमा १७ गैँडा सहित ५७ वन्यजन्तु मरे

०९ सोमबार , चैत्र २०८२५ घण्टा अगाडि

चालु आर्थिक वर्षमा १७ गैँडा सहित ५७ वन्यजन्तु मरे

चालु आर्थिक वर्षकाे साउन महिनादेखि अहिलेसम्म १७ गैँडा सहित ५७ वन्यजन्तु मरेका छन् । विद्युतीय करेन्ट लागेर एक र प्राकृतिक कारणले १६ गरि चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेकाे हाे ।  

साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १७ गैँडासहित  ५७ वटा वन्यजन्तु मरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार चालु आर्थिक वर्षमा बाघ ४ वटा, हात्ती ३ वटा र १८ वटा चित्तल मरेका छन् भने चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही  २/२ वटा, अजिंगर, सुन गोहोरो १/१ वटा र अन्य वन्यजन्तु ४ वटा वन्यजन्तु प्राकृतिक कारणले मरेकाे बताइएकाे छ ।

निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तुहरू दलदलमा फसेर, जुधेर, दुर्घटनामा परेर, बाघको आक्रमणमा परेरलगायत कारण मरेका थिए । यस आर्थिक वर्षमा सचेतनासँगै सामाजिक रूपमा जागेको भावनाका कारण चोरी शिकारीको निशानाबाट वन्यजन्तु जोगाउन सकिएको सूचना अधिकारी थापाले जनाएका छन् । गत आर्थिक वर्षमा ८१ वटा वन्यजन्तु मरेका थिए ।

सूचना अधिकारी थापाका अनुसार समुदाय स्तरमा संरक्षणको चेतना बढेसँगै वन्यजन्तुको चोरी शिकारी न्यूनीकरणमा सहयोग पुगेको बताइएकाे छ ।