Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

प्राज्ञिक र नेपाली बैज्ञानिक पनि पुरस्कृत

१० मंगलबार , चैत्र २०८२६ महिना अगाडि

प्राज्ञिक र नेपाली बैज्ञानिक पनि पुरस्कृत

भावुक, शाक्य र गिरीलाई ‘वानीरा पुरस्कार’को घोषणा भएको छ ।
नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशक अघिदेखि साधनारत कवि तथा गीतकार श्री माधव खनाल ‘भावुक’लाई ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय भयो । भावुकको पहिलो कृति २००९ सालमा प्रकाशित भएको थियो । भावुककृत कवितासंग्रहमा मविवि शाह, बालकृष्ण सम र मातृकाप्रसाद कोइरालाले भूमिका लेख्नु भएको थियो । उहाँका तीन कृति र सयौं रचना प्रकाशित छन् ।
विगत चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै पछिल्ला समयमा कृत्रिम बौद्धिकतामा आधारित मौलिक यन्त्र मानव (रोबोर्ट) को आविष्कारसमेत गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको गौरव बढाएबापत कम्प्युटर वैज्ञानिक श्री मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्ने निर्णय भयो ।
र, आख्यान, कविता र हास्यव्यङ्य लेखनमा समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा योगदान दिएबापत चितवनका श्री धनराज गिरीलाई ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भयो । साथै काठमाडौं ३१ वडाको विकासमा समर्पित श्री सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ समर्पण गर्ने निर्णय भयो । सचिव नरेन्द्रराज प्रसाईका अनुसार वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।