Advertisement Banner
Advertisement Banner

१० मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

जीप दुर्घटनामा चालककाे मृत्यु

१० मंगलबार , चैत्र २०८२५ घण्टा अगाडि

जीप दुर्घटनामा चालककाे मृत्यु

हिजाे साँझ पर्वतकाे फलेवासमा जीप दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका–४, काे कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा ग१ज ८०२९ नम्बरको जीप दुर्घटना भएकाे हाे ।

उकत दुर्घटनामा परि चालक सज्जन परियारको मृत्यु भएको प्रहरीले जनाएकाे छ । जीप सडकबाट झन्डै ३० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश पौडेलले जनाएका छन् ।

दुर्घटनामा परेकाे जीपमा ३५ वर्षीय चालक परियार एक्लै रहेका थिए भने दुर्घटना पछि चालक परियारको उद्धार गरी प्रदेश अस्पतालमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियाे । उकालो बाटो वर्षाका कारण चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।