Advertisement Banner
Advertisement Banner

१० मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

१० मंगलबार , चैत्र २०८२४ घण्टा अगाडि

विमान दुर्घटना हुँदा  ६६ जनाको मृत्यु

कोलम्बियामा भएकाे सैनिक विमान दुर्घटनामा ६६ जनाको ज्यान गएको छ । उडानको केही समयमै कोलम्बियाको दक्षिणी क्षेत्रमा पेरु र इक्वेडरको सीमानजिकै ‘हर्कुलस सी–१३०’ विमान दुर्घटना भएको हाे भने विमान उडेर करिब डेढ किलोमिटर पर पुग्नासाथ दुर्घटनाग्रस्त भएको बताइएकाे छ ।

गएराति भएको उक्त विमान दुर्घटनामा दर्जनौँ सैनिक घाइते भएकाे र घाइतेहरूलाई उपचारका लागि राजधानी बोगोटा र नजिकैका अस्पताल लगिएको बताइएकाे छ । विमानमा १ सय १४ सैनिक र ११ चालकदलका सदस्य सवार रहेका थिए ।

विमानले सैनिकहरू स्थानान्तरण गर्दै गरेकाे कोलम्बियाली वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्भाका जनाएका छन् । कोलम्बियाका रक्षामन्त्री पेड्रो सान्चेजले घटनालाई देशका लागि दुखदायी भएको बताउँदै विमानमा आगलागी हुँदा सेनाका गोला बारुद पड्केर घटना भयावह भएको बताएका छन् ।