Advertisement Banner
Advertisement Banner

१० मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सुनको भाउ घट्दा चाँदीकाे भाउ बढ्याे

१० मंगलबार , चैत्र २०८२४ घण्टा अगाडि

सुनको भाउ घट्दा चाँदीकाे भाउ बढ्याे

नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । केहि दिनदेखि घटिरहेको सुनको मूल्यमा आज पनि गिरावट आएको हो ।

आज सुन तोलामा १ हजार ६ सय रुपैयाँ घटेर प्रतिताेला २ लाख ७३ हजार ९ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको सुन सोमबार ६ हजार ५सयले घटेको थियो ।

त्यस्तै आइतबार र सोमबार घटेको चाँदीको मूल्य भने आज तोलामा ८० रुपैयाँ बढेर ४ हजार ५ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएकाे छ ।