Advertisement Banner
Advertisement Banner

११ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीकाे शपथ हुँदै

११ बुधबार , चैत्र २०८२६ घण्टा अगाडि

आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीकाे शपथ हुँदै

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीकाे आज पद तथा गोपनीयताको शपथ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहान सवा ११ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ ग्रहण गराउन लागेका हुन् ।    

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसदमा निर्वाचित केसी हाल ७८ वर्ष पुगेका सबैभन्दा पाका सांसद हुन भने उनले सुरुमा शपथ लिने अवसर पाएका छन् । आज शपथ लिएपछि ज्येष्ठ सदस्य केसीले भोलि (बिहीबार) प्रतिनिधिसभाका बाँकी २७४ जना सदस्यहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ ।

त्यसपछि प्रतिनिधिसभाले नयाँ सभामुख प्राप्त नगर्दासम्म संसद् बैठकको अध्यक्षता गर्ने संवैधानिक जिम्मेवारी पनि केसीले नै निर्वाह गर्ने छन् । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० गरी कुल २७५ जना सदस्यहरू निर्वाचित हुने व्यवस्था अनुसार गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट २७५ जना सदस्यहरू निर्वाचित भइसकेका छन् ।