Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पेट्रोलियम पदार्थको फेरि मूल्य वृद्धि

१२ बिहिबार , चैत्र २०८२१७ घण्टा अगाडि

पेट्रोलियम पदार्थको फेरि मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाे ११ दिन नबित्दै नेपाल आयल निगमले फेरि मूल्य बृद्धि गरेकाे छ । निगमले गएराति १२ बजेपछि लागू हुने गरि डिजेल/मट्टितेल र पेट्रोलको मूल्य बृद्धि गरेकाे हाे ।

यसअघि निगमले चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको भएपनि निगमले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाे भन्दै ११ दिन नबित्दै मूल्य बृद्धि गरेकाे हाे । निगमका अनुसार डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएकाे छ ।  

बढेकाे मूल्य अनुसार पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ पुगेकाे छ । त्यसैगरि डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ कायम भएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तोकेको छ ।

यही मार्च १ देखि २४ तारिखसम्म खरिद गर्ने पेट्रोलको मूल्यमा प्रतिलिटर ७६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १४३ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ ।