Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

एभरेष्टमा बजारोन्मुख सीपमा अन्तरक्रिया

१३ शुक्रबार , चैत्र २०८२६ महिना अगाडि

एभरेष्टमा बजारोन्मुख सीपमा अन्तरक्रिया


१२ चैत्र, इन्जिनियरिङ विषयमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी पढाई सकिएपछि काम पाउन अथवा आफ्नै फर्म खोली काम गर्न के कस्ता बजारोन्मुख सीपहरू आवश्यक हुन्छन् भन्ने विषयमा आज सानेपाको एभरेष्ट इन्जिनियरिङ कलेजमा व्यवसायी, विद्यार्थी तथा शिक्षकहरू बीच गहन अन्तरक्रिया कार्यक्रम आयोजना भयो। कार्यक्रममा भएको पानल डिस्कसनमा सञ्चालक तथा मूल वक्ताहरू सबै युवाहरू थिए। सरकारी जागिर खाने अपेक्षा भए के कस्ता तयारीहरू गर्नु पर्दछ र जिम्मेवारी बोक्नु पर्दछ भन्ने विषयमा लगानीकर्ताहरूको तर्फबाट नेपाल विद्युत प्राधिकरणका युवा इन्जिनियर जगदीश राज बरालले प्रकाश पारे भने परामर्श सेवा दिने संस्था खोल्दा पाउने अवसर तथा अपनाउनु पर्ने होसियारी बारे राजदेवी इन्जिनियरिङ कन्सल्टेन्ट प्रा।लि। का युवा इन्जिनियर विशाल देवले जानकारी दिए। 

निर्माण व्यवसायमा काम गर्ने वा निर्माण व्यवसाय कम्पनी खोल्दा कसरी सफल हुने भन्ने विषयमा भिमेश्वर ग्रुपका युवा इन्जिनियर सन्दीप खड्काले आफ्ना अनुभव सुनाए। कलेजमा पाउने सैद्धान्तिक ज्ञान र भूधरातलीय यथार्थतामा हुने भिन्नता बीच तालमेल मिलाउन आवश्यक सीपहरूको जानकारी दिँदै इन्जिनियर सन्दीप खड्काले कलेजमा सुखा माटो परीक्षणको फर्मुला सिक्ने तर फिल्डमा माटो खन्दा पानी आएर हैरान पार्ने र बीस पच्चीस फिट मुनी पुगेपछि ड्रिल भाँच्दा के गर्ने भन्ने कुरा कलेजमा नसिकाइने भएकोले अन्तिम वर्षका विद्यार्थीहरूले त्यस प्रकारको ज्ञान तथा सीप इन्टर्नसिपको समयमा सिक्नु उचित हुने जनाए। पोखरा विश्वविद्यालय अन्तर्गतका स्नातक तहका सबै विद्यार्थीहरूले अनिवार्य इन्टर्नसिप गर्नु पर्ने भएकाले देशका सार्वजनिक र निजी लगानीकर्ता, परामर्श सेवा दिने संस्था र निर्माण व्यवसायीहरूसँग एभरेष्ट इन्जिनियरिङ कलेजले हातेमालोको नीति लिएको उल्लेख गर्दै कलेजका प्रमुख प्रशासकीय अधिकृत श्री अरुण कुमार भण्डारीले आपसी सहकार्यबाट मात्रै उद्योगलाई चाहिने सीपयुक्त प्राविधिक जनशक्ति उत्पादन हुने तथ्य औल्याउनु भयो। 

पानल डिस्कसन सत्रको सञ्चालन फुलब्राइट कन्सल्टेन्सीका युवा इन्जिनियर अनुराधा केसीले गरेका थिए। एभरेष्ट इन्जिनियरिङ कलेजका स्नातक तहका अन्तिम सत्रका विद्यार्थीहरूले आजको कार्यक्रमबाट आफूहरू लाभान्वित भएको जानकारी दिएका थिए। नेपालका परामर्शदातृ संस्थाहरूको छाता संगठन स्काफ(नेपालका अध्यक्ष इन्जिनियर ठाकुर प्रसाद शर्माले नेपालका विद्यार्थीहरूको हितमा यस्ता कार्यक्रमहरू विभिन्न कलेजहरूमा निरन्तर आयोजना गरिराखेको जानकारी दिए। स्काफ(फ्युचर लिडर्स(नेपालका अध्यक्ष इन्जिनियर आदित्य खनालले पानल डिस्कसनका वक्ताहरू, सञ्चालिका तथा अन्य सहयोगीलाई प्रमाणपत्र सहित धन्यवाद ज्ञापन गरे। कार्यक्रमको प्रमुख आयोजक स्काफ(फ्युचर लिडर्स(नेपाल थियो।