
आज राष्ट्रपति कार्यालय शीतल निवासमा नयाँ प्रधानमन्त्रीकाे शपथ हुने भएकाे छ । आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउन लागेका हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार बालेन्द्र शाहकाे नेतृत्वमा एकल सरकार गठन हुन लागेको हो भने त्यसअघि शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । यसअघि गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३ सय ४८ मत प्राप्त गरी विजयी भएका थिए ।
आज अपराह्न हुने शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । शाहलाई प्रधानमन्त्रीको शपथ गराएसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।


