Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

आज रामनवमी पर्व सार्वजनिक बिदा

१३ शुक्रबार , चैत्र २०८२९ घण्टा अगाडि

आज रामनवमी पर्व सार्वजनिक बिदा

आज चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाे छ । चैते दसैंकाे रुपमा समेत मनाइँने यस पर्वमा सरकारले देशभर सार्वजनिक बिदा दिएको हाे ।

देशभर रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् रामचन्द्रको पूजा आराधना गरी मनाइँदै छ । आज देशभरका राम मन्दिरहरूमा पूजापाठ गरिन्छ भने जनकपुरस्थित रामजानकीको मन्दिरमा पूजा गर्नेहरूको घुइँचो लाग्ने गर्दछ ।

रामनवमी पर्वकाे अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना प्रकट गरेका छन् ।