
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । रास्वपा वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले शाहलाई संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।
प्रधानमन्त्रीमा नियुक्त भएका शाहले आजै शपथ ग्रहण गर्ने तयारी रहेकाे छ ।


