Advertisement Banner
Advertisement Banner

१४ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पूर्व प्रधानमन्त्री र गृहमन्त्री पक्राउ

१४ शनिबार , चैत्र २०८२११ घण्टा अगाडि

पूर्व प्रधानमन्त्री र गृहमन्त्री पक्राउ

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । ओली र लेखकलाई उनिहरुकाे निवासबाटै पक्राउ गरिएकाे हाे ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीलाई सूर्य विनायक नगरपालिका–७, गुण्डुबाट पक्राउ गरिएकाे हाे भने भक्तपुरको कटुन्जेस्थित निवासबाट लेखकलाई पक्राउ गरिएकाे बताइएकाे छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको बताइएकाे छ । खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ बजे नै गुण्डु पुगेका थियो ।

पक्राउ परेका ओलीलाई अहिले स्वास्थ्य परिक्षणका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएकाे छ । यता पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि आफूमाथि प्रतिशोध र पूर्वाग्रही भएको भन्दै त्यसको राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन् ।