Advertisement Banner
Advertisement Banner

१४ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नवलपरासीकाे दुर्घटनामा ३ जनाको मृत्यु

१४ शनिबार , चैत्र २०८२१० घण्टा अगाडि

नवलपरासीकाे दुर्घटनामा ३ जनाको मृत्यु

गएराति नवलपरासीमा तीनवटा सवारी साधन एक आपसमा ठाेकिएर दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ । नवलपरासीको दाउन्नेमा भएकाे उक्त दुर्घटनामा अन्य १५ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जनाएका छन् ।

गएराति १ बजे बुटवलतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेका लु २ ख २३५१ को बस र सोही दिशाबाट जाँदै गरेको ना ५ ख २२७५ को पिकअप गाडीलाई ठक्कर दिँदा दुर्घटना भएकाे थियाे । ट्रक र बसले पिअपलाई ठक्कर दिएको थियो भने ठक्कर दिएकाे बस र ट्रक २ सय मिटर तल खसेकाे छ ।    

उक्त दुर्घटनामा मृत्यु हुने तीनै जना पुरुष रहेका छन भने रोल्पाका २५ वर्षीय गोविन बुढाको सनाखत भएपनि अन्य २ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।