Advertisement Banner
Advertisement Banner

२४ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

बालेन शाह प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा सफलताको कामना

१५ आइतबार , चैत्र २०८२४ महिना अगाडि

बालेन शाह प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा सफलताको कामना

रामनवमीको दिनमा बालेन शाह प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा कार्यकाल सफलताको कामनाको लागि दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको दृश्यहरु ।

जिल्ला मकवानपुर, हेटौंडाको बुद्ध चोकमा रामनवमीको शुभ अवसरमा बालेन शाह प्रधानमन्त्री पदमा नियुक्त हुनु भएको सुखद अवसरमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरि दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरियो ।

यस शुभ अवसरमा हामी सम्पूर्ण रूपमा नेपालका सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूको सफल कार्यकालको हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु । उहाँको नेतृत्वमा देशले शान्ति, समृद्धि र सुशासनतर्फ अघि बढोस् भन्ने कामना गर्दछु ।

साथै, देवता, पितृ तथा कुलदेवताहरूको सदा कृपा रहोस् र उहाँलाई सधैं सही मार्गदर्शन प्राप्त भइरहोस् भन्ने प्रार्थना गर्दछु ।

यसैगरी, प्रधानमन्त्रीज्यूको मन्त्रीमण्डलमा रहनु भएका सम्पूर्ण मन्त्रीज्यूहरूलाई पनि सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै, उहाँहरूको कार्यसम्पादन देश र जनताको हितमा फलदायी होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

प्रधानमन्त्री बालेन शाह, मन्त्रीमण्डल, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी तथा स्वतन्त्र सांसदहरूलाई देशको भविष्य सुधारका लागि निम्न विषयहरूमा गम्भीर पहल गर्न सुझाव र सल्लाह प्रस्तुत गरेको छु ।

९१० प्रदेश सरकार र संघीयता खारेज ।

९२० राजसंस्था पुनर्स्थापना ।

९३० युवाहरूलाई बेरोजगार भत्ता व्यवस्था ।

९४० सम्पूर्ण नागरिकलाई निशुल्क स्वास्थ्य उपचार ।

९५० निशुल्क शिक्षा ।

९६० महँगी नियन्त्रणका प्रभावकारी कदम ।

९७० बन्द उद्योग–कलकारखाना सञ्चालन गरी रोजगारी सिर्जना ।

९८० बिदेशी लगानीलाई नेपालको शेयर बजारमा प्रवेश गराउने ।

९९० फोरेक्स, क्रिप्टो, गोल्ड र सिल्भर आदि इत्यादिमा नेपाली नागरिकलाई कानुनी रूपमा लगानी गर्ने वातावरण निर्माण ।


-- स्वतन्त्र नेपाली नागरिकस्राकेश कुमार शर्मा ।