Advertisement Banner
Advertisement Banner

१५ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

१५ आइतबार , चैत्र २०८२६ घण्टा अगाडि

पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन् । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री खड्का सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेको बताइएकाे छ ।

यसअघि खड्का लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका थिए । गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दोलनका बेला उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल बनेको थियो भने साेहि विषयमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी स्रोतले पूर्वमन्त्री खड्का पक्राउ परेको जनाएको छ । यता हिजाे बिहान मात्रै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लाई उनिहरुकाे निवासबाटै पक्राउ गरिएकाे थियाे ।