Advertisement Banner
Advertisement Banner

१६ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने

१६ सोमबार , चैत्र २०८२३ घण्टा अगाडि

देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने

अहियले मुलुकभर पश्चिमी वायुका र स्थानीय वायुको प्रभाव कायमै रहेकाले देशकाे अधिकांश स्थानमा माैसम बदली भएकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो र राति समेत देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको महाशाखाले जनाएकाे छ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने पनि महाशाखाले उल्लेख गरेकाे छ ।

त्यसैगरि मधेश प्रदेशसहित कोशीको तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुनेछ भने तराई क्षेत्रमा आंशिक बदली र पहाडी भेगमा बादल लाग्ने समेत महाशाखाले जनाएकाे छ ।