Advertisement Banner
Advertisement Banner

१६ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

आवेदन दिएको दिनमै श्रम स्वीकृति पाइने

१६ सोमबार , चैत्र २०८२८ घण्टा अगाडि

आवेदन दिएको दिनमै श्रम स्वीकृति पाइने

अवदेखि वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति आवेदन दिएको दिनमै दिइने भएकाे छ । सरकारले श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गर्दै आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको हाे ।

यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था रहेकाे थियाे । हिजाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले सहज रुपमा श्रम स्वीकृति दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अभिमूखीकरण तालिम अनलाइन प्रणालीमा आधारित बनाएर पुर्व प्रस्थान अभिमूखीकरण तालिम पाठ्यक्रममा आधारित श्रव्य दृश्य सामाग्री निर्माण गरी डिजिटल माध्यममा उपलब्ध हुने व्यवस्था गर्ने बताएकाे छ । त्यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आवद्ध गर्न अभियान सञ्चालन गर्ने, श्रमिकको न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्ने पनि मन्त्रालयले जनाएकाे छ ।