Advertisement Banner
Advertisement Banner

२४ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

दिउँसाे ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

१६ सोमबार , चैत्र २०८२४ महिना अगाडि

दिउँसाे ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक डाकिएकाे छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् ।

बैठक दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएकाे छ । बालेन नेतृत्वकाे सरकार गठन भएपछि आज डाकिएकाे बैठक दोस्रो बैठक हाे भने यस बैठकमा केही महत्त्वपूर्ण र नीतिगत निर्णयहरू हुन सक्नेछन् ।

यसअघि गत शुक्रबार बसेकाे पहिलो बैठकबाट स्वीकृत कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने र शासकीय सुधारका एकसय कार्यसूची तथा निर्णयहरू भएका थिए ।