Advertisement Banner
Advertisement Banner

१६ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पहिरो खसेसँगै मेची राजमार्ग अवरुद्ध

१६ सोमबार , चैत्र २०८२७ घण्टा अगाडि

पहिरो खसेसँगै मेची राजमार्ग अवरुद्ध

आज बिहान पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध भएको छ । यसअघि सुक्खा पहिरो खसेर अवरुद्ध भएकाे उक्त राजमार्गमा पहिराे पन्छाएर एकतर्फी सञ्चालन भएकोमा आज बिहान पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएकाे हाे ।
 
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पहिरो खसेपछि यातायात सेवा प्रभावित बनेको बताइएकाे छ । गएराति पाैने ११ बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक अवरुद्ध भएपछि अहिले सडक खुलाउन प्रयास भइरहेको छ ।

इलामको रोङ गाउँपालिका-४, बागखोरस्थित सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको हो । सोही क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक समेत पुरिएको प्रहरीले जनाएको छ ।