Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

नरैनापुर गाउँपालिकाको सार्वजनिक सुनुवाई

१७ मंगलबार , चैत्र २०८२६ महिना अगाडि

नरैनापुर गाउँपालिकाको सार्वजनिक सुनुवाई

मिति २०८२ चैत्र १५ गते   नेपालगन्जरनरैनापुर गाउँपालिका बाँकेको चालु आ।ब। २०८२र०८३ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई बास नेपालको सहजिकरणमा सम्पन्न भएको छ । नरैनापुर गाउँपालिकाको आयोजनामा नरैनापुर ४ रंगशालामा सम्पन्न सुनुवाईमा सरोकारवाला र सुनुवाईका सहभागिहरु बिच भएको दोहोरो प्रश्नोत्तर पश्चात ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा पालिका भित्र रहेका गुरुकुल पाठशालाको सुधारका लागि शिक्षा समिति मार्फत निर्णय गरि कार्यपालिकामा पठाउने, पालिका भित्र सञ्चालीत बिद्यालयहरुमा ब्यवस्थापन समिति चयन गर्दा सबै अभिभावकलाई जानकारी नहुने गरेको भन्ने गुनासो आएकाले आगामी दिनमा सार्वजनिक सुचनागरी ब्यवस्थापन समिति चयन गर्ने, नरैनपुर ४ मा निर्माण सम्पन्न खानेपानी ट्यांकी सञ्चालनका लागि आवश्यक पहल गर्ने, पालिकाको योजनामा रहेका धारा तथा बोरिंग आवश्यकताको आधारमा यथासक्य वितरण कार्य शुरु गर्ने, पालिका भित्र सडक निर्माण गर्दा नाला ब्यवस्थापन अनिवार्य गर्ने, योजनाको प्रभावकारी अनुगमन गर्ने र सडक अतिक्रमणका कारण दूघर्टना बढीरहेकाले अतिक्रमण हटाउन आवश्यक पहल गर्ने प्रतिबद्धता गरिएको छ । सुनुवाईमा बास नेपालका निर्देशक हेमराज भट्टले सुनुवाईको उद्धेश्यसँगै सुनुवाई पूर्व गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा गरेका थिए भने पालिकाले चालु आर्थिक बर्षमा गरेका क्रियाकलापहरुको प्रगति प्रतिबेदन नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज वलीले प्रश्तुत गरेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले सहजिकरण गरेको सुनुवाईमा स्वागत नरैनापुर गाउँपालिकाका सुचना अधिकारी लक्ष्मी कान्त मिश्राले गरेका थिए । सुनुवाईमा प्रश्न, जिज्ञासा राख्ने सहभागिहरुले गाउँपालिकाले पहिलो पटक सार्वजनिक सुनुवाई गरी पालिकाको प्रगतिको बारेमा जानकारी गराउनुका साथै प्रश्नोत्तरको अवसर प्रदान गरेकोमा खुसी ब्यक्त गरेका थिए । पालिकाको समग्र विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, लक्षित बर्ग उत्थान कार्यक्रम लगायतका बिषयमा सहभागिहरुले खुलेर प्रश्न राखेका थिए भने सहभागिको प्रश्नको उत्तर जवाफदेहि बक्ताको रुपमा आसिन जनप्रतिनिधि र कर्मचारीले दिएका थिए । सुनुवाईमा १६० बढीको सहभागिता रहेको थियो ।