Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

गर्मि सुरु भएसँगै डेङ्गी सङ्क्रमण बढ्दाे

१७ मंगलबार , चैत्र २०८२१० घण्टा अगाडि

गर्मि सुरु भएसँगै डेङ्गी सङ्क्रमण बढ्दाे

पछिल्लाे समय गर्मि बढ्न सुरु भएसँगै डेङ्गीकाे सङ्क्रमण बढ्न थालेकाे छ । देशकाे विभिन्न स्थानसँगै मकवानपुरमा डेङ्गी सङ्क्रमण बढेकाे जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे छ ।    

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे आठ महिनामा २ सय १२ जना डेङ्गी सङ्क्रमण भेटिएकाे छ । जसमध्ये सबैभन्दा बढी डेङ्गीबाट हेटौँडा उपमहानगरपालिका प्रभावित भएकाे थियाे ।

हेटौँडामा १ सय ६९ जना, भीमफेदी गाउँपालिकामा १७ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकामा ९/९ जना, बकैयाँ गाउँपालिकामा ३ जना, बागमती र कैलाश गाउँपालिकामा २/२ जना र राक्सीराङ गाउँपालिकामा १ जना डेङ्गीबाट सङ्क्रमित भएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जनाएका छन् ।

त्यस्तै मकवानपुरका ४८ जना स्क्रब टाइफसबाट पीडित भएका छन् । जसमध्ये हेटौँडामा मात्र २६ जना रहेको सूचना अधिकारी घिमिरेले जानकारी दिएका छन् । अहिले जिल्लामा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान संचालन गरिएको छ ।