
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ६ हजार ७ सय रुपैयाँ र चाँदी १ सय ४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ८ सय ४५ रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ७ रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ५ सय ६० र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


