Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

राप्ती साहित्य परिषद् दाङद्वारा स्रष्टा सम्मानित तथा पुरस्कृत

१८ बुधबार , चैत्र २०८२६ महिना अगाडि

राप्ती साहित्य परिषद् दाङद्वारा स्रष्टा सम्मानित तथा पुरस्कृत

दाङ चैत्र १७, विगतका  वर्षहरूमा झैँ यस वर्ष पनि राप्ती साहित्य परिषद् दाङ शाखाले 
यही चैत २१ गते शनिबारको दिन पत्रकार महासङ्घ दाङको सभाहलमा स्रष्टा सम्मान, पुरस्कृत,साधारण सभा तथा साहित्यिक कार्यक्रमहरू गर्ने भएको छ। २०८२ सालको पुरस्कार समर्पणका लागि
यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट डा टीकाराम उदासी, कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट हरि पोख्रेल, नेत्रमोहनादेवी साहित्य पुरस्कारकाबाट दिल्लीराज श्रीधर र वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट खगेश्वर भण्डारीलाई पुरस्कृत गर्ने भएको छ। त्यसैगरी यस वर्ष विगतका वर्षहरू झैँ साहित्यकार तथा लेखक गुरुप्रसाद शर्मा रेग्मी र पुरस्कार संस्थापकको तर्फबाट  देवप्रसाद जयश्वरी  रावत स्मृति पुरस्कारका संस्थापक लालबहादुर आरसी सम्मान गर्ने भएको छ । माथिका  पुरस्कार समर्पणका लागि प्रतिभा छनोट समिति गठन गरिएको थियो। जसको संयोजकमा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ुसमीरु  सदस्यहरूमा केन्द्रीय सचिव शारदा शर्मा र राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका निवर्तमान सचिव  प्रकाश केसीलाई चयन गरिएको  थियो ।
उक्त दिन साहित्यिक कार्यक्रम पनि गरिने राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीले जानकारी गराउनुभयो।