
आज दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्दैछ । संघीय संसद् सचिवालयको आह्वानमा सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बस्ने भएको हो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ६ वटा राजनीतिक दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत १९ गतेका लागि संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारी स्वरुप सर्वदलीय बैठक बस्न लागेको हाे ।


