Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

साफ यू–२० सेमिफाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

१८ बुधबार , चैत्र २०८२१६ घण्टा अगाडि

साफ यू–२० सेमिफाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्समा जारी प्रतियाेगितामा नेपाली समय अनुसार आज दिउँसाे साढे ४ बजे सेमिफाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

माल्दिभ्समाकाे मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने खेलमा नेपाल समूह ए को विजेता र बंगलादेश समूह बी को उपविजेता भएर सेमिफाइनल पुगेका हुन् । नेपाल र बंगलादेश लगातार दोस्रो पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् भने यसअघि सन् २०२५ मा भारतमा भएको च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

साफ यू–२० च्याम्पियनसिपमा यसअघि नेपालले भुटानलाई २–१ र श्रीलंकालाई १–० ले पराजित गर्दा माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो । त्यसैगरि बंगलादेशले पाकिस्तानलाई ३–० ले पराजित गरेको थियो भने भारतसँग १–१ को बराबरी खेलेको थियो ।

यस उमेर समूहमा नेपालले दुई र बंगलादेशले एक पटक उपाधि जितेको छ । नेपालले ट्रफी जित्न भारत र बंगलादेशलाई हराउन पर्नेछ ।