Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

तनहुँमा माइक्रोबस दुर्घटनामा ९ जना घाइते

१८ बुधबार , चैत्र २०८२१६ घण्टा अगाडि

तनहुँमा माइक्रोबस दुर्घटनामा ९ जना घाइते

तनहुँमा हिजाे साँझ भएको माइक्रोबस दुर्घटनामा ९ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँकाे व्यास नगरपालिका–१२, कमलबारीमा बाप्र ०१–००६ ख ७२०८ नम्बरको माइक्रोबस दुर्घटना भएकाे थियाे ।

काठमाडौँबाट दमौली तर्फ जाँदै गरेको माइक्रोबस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा घाइते भएकाहरुको रत्नहरी अस्पताल दमौली र प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ ।

दुर्घटनाका घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाले उनीहरूलाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जनाएकाे छ ।