
उदयपुर जिल्लामा १ हजार हेक्टर भन्दा बढीमा चैतेधान रोपिएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका विभिन्न भागका १ हजार १ सय हेक्टरमा चैतेधान रोपिएको बताइएकाे छ ।
जिल्लाका विभिन्न भागका १ हजार ५ सय हेक्टरमा हरेक वर्ष चैतेधान रोपिने ज्ञान केन्द्रका सूचना अधिकारी सङ्गीता ज्ञावलीले जनाएका छन् । उनका अनुसार बाँकी ४ सय हेक्टरमा पनि यसै महिनामा रोपाइँ हुने बताइएकाे छ ।
खेतमा अहिले धमाधम रोपाइँ भइरहेकाे छ भने जिल्लाका ८ पालिकामध्ये सबैभन्दा धेरै चैते धान उदयपुरगढी र रौतामाई गाउँपालिकामा लगाइन्छ भने ताप्ली गाउँपालिका, कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकामा पनि चैतेधान लगाउने गरिएकाे छ ।


