
गएराति १२ बजेपछि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएकाे छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेकाे हाे ।
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरे अनुसार काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर पेट्रोलको मूल्य २ सय २ रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ८२ रुपैयाँ पुगेको छ ।
यसअघि निमगले हवाई इन्धनमा भारि मूल्यवृद्धि गरेको थियो । निगमका अनुसार आगामी दिनमा पेट्रोलियम पदार्थको मूल्य थप बढ्ने बताइएकाे छ ।


