Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नेपाल प्रहरीकाे प्राविधिकतर्फ सयाैंकाे संख्यामा भर्ना खुल्याे

२० शुक्रबार , चैत्र २०८२६ घण्टा अगाडि

नेपाल प्रहरीकाे प्राविधिकतर्फ सयाैंकाे संख्यामा भर्ना खुल्याे

नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४ सय भन्दा बढीकाे दरखास्त खुलाएको छ । प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक तथा प्रहरी जवान पदका लागि दरखास्त आव्हान गरेकाे हो ।

दरखास्त आव्हान गरिएकाेमा इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक तथा अटोमोबाइल क्षेत्रका लागि समेत आवेदन माग गरिएको छ । त्यसैगरि विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा दरखास्त आव्हान गरिएकाे हाे ।

जसमा प्रहरी जवान पदका लागि २८० जना र अन्य पदका लागि १२९ जना माग गरिएको छ । माग गरिएका पदहरुका लागि दरखास्त बुझाउने म्याद प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म र प्राविधिक प्रहरी जवान पदका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म आवेदन दिन सकिने बताइएकाे छ ।