Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

निर्माण व्यवसायि महासंघकाे अध्यक्षमा पाण्डे

२० शुक्रबार , चैत्र २०८२६ महिना अगाडि

निर्माण व्यवसायि महासंघकाे अध्यक्षमा पाण्डे

नेपाल निर्माण व्यवसायि महासंघको अध्यक्षमा निकोलश पाण्डे निर्वाचित भएका छन् । निर्वाचित पाण्डेले ५ सय १४ मत प्राप्त गरेका थिए ।

पाण्डेका प्रतिष्पर्धी ए डि लामाले ४ सय १३ मत प्राप्त गर्दा महासंघकाे महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । महासचिवमा घिमिरेले ५ सय २७ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी बलिभद्र रानाले ३ सय ८० मत प्राप्त गरेका थिए ।

त्यसैगरि उपाध्यक्षमा कोशी प्रदेश धिरेन्द्र दाहाल, मधेस प्रदेश शम्भु ठाकुर, वागमती प्रदेश बालकृष्ण थापा, गण्डकी प्रदेश खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश शहदेव खड्का, कर्णाली प्रदेश हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश प्रकाशबहादुर शेट्टी विजयी भएका छन् ।

महासंघको नीतिगत उपमहासचिवमा मंगल शाही विजयी भएका छन भने आन्तरिक उपमहासचिवमा सन्तोष शाह विजयी भएकाे बताइएकाे छ । त्यसैगरि महिलातर्फको उपाध्यक्षमा गङ्गा पोखरेल र कोषाध्यक्षमा उज्ज्वल गौतम विजयी भएका छन् भने सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भएका छन् ।