Advertisement Banner
Advertisement Banner

२१ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रहरीमा भर्ना खुल्यो, अन्य प्रहरी गतिविधि

२१ शनिबार , चैत्र २०८२१७ घण्टा अगाडि

प्रहरीमा भर्ना खुल्यो, अन्य प्रहरी गतिविधि

प्राविधिक प्रहरीतर्फ नयाँ भर्नाका लागि दरखास्त आव्हान
काठमाडौं, २० चैत । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न जम्मा ६ सय ७ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । जसमध्ये प्राविधिक प्रहरी नायव उपरीक्षक, प्राविधिक प्रहरी निरीक्षक र प्राविधिक प्रहरी नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि दरखास्त आव्हान गरिएको हो । 
नयाँ भर्नाका लागि दरखास्त आव्हानमध्ये ईन्जिनियरिङतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि १४ जना, प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि १५ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ६५ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो । यसैगरी स्वास्थ्यतर्फ प्राविधिक प्रहरी नायव उपरीक्षक पदका लागि १ जना, प्राविधिक प्रहरी निरीक्षक पदका लागि १० जना, प्राविधिक प्रहरी नायव निरीक्षक ८ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ८ जना, विधि विज्ञानतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि २ जना र प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि ३ जना तथा हातहतियारतर्फ प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ३ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो । यसैगरी प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त ४ सय ७८  जना प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । 
दरखास्त दिने उम्मेदवारहरू मध्ये प्राविधिक प्रहरी नायव उपरीक्षक, प्राविधिक प्रहरी निरीक्षक र प्राविधिक प्रहरी नायव निरीक्षक र प्राविधिक प्रहरी सहायक निरीक्षक पदको लागि नेपाल प्रहरीको www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np बाट फारम भर्न सकिने छ ।  
ईन्जिनियरिङतर्फ दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालय, सूचना प्रविधि निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय र सवारी महाशाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ । यसैगरी स्वास्थ्यतर्फ नेपाल प्रहरी अस्पताल महाराजगंज, विधि विज्ञानतर्फ नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुसी र हातहतियारतर्फ नेपाल प्रहरी प्रधान कार्यालय हातहतियार मर्मत शाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ । साथै प्राविधिक प्रहरी जवान पदको लागि ७ वटै प्रदेश प्रहरी तालिम केन्द्र, ३ वटा जिल्ला प्रहरी परिसर र ७४ वटै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त दिन सकिने छ । 
प्राविधिक प्रहरी नायव उपरीक्षक, प्राविधिक प्रहरी निरीक्षक र प्राविधिक प्रहरी नायव निरीक्षक र प्राविधिक प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले चैत २५ गतेदेखि २०८३ वैशाख २४ गतेसम्म अनलाइन प्रणालीमार्फत कार्यालय समयभित्र दरखास्त फारम बुझाउन सक्नेछन् । साथै प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले चैत २६ गतेदेखि २०८३ वैशाख ३१ गतेसम्म कार्यालय समयभित्र दरखास्त फारम बुझाउन सक्नेछन् ।
दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
काठमाडौं, २० चैत, काठमाडौं, चन्द्रागिरी नगरपालिका(७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९३ ट्याब्लेट सहित चन्द्रागिरी नगरपालिका ३ थानकोट बस्ने २६ वर्षीय बिज्ञान महत्तोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले थानकोटबाट गुर्जुधारातर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ प ३०१० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
कैलाली, टीकापुर नगरपालिका ८ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १०  मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका ४ भल्का बस्ने २२ वर्षीय चिरञ्जिवी न्यौपाने र सोही नगरपालिका २ मोतिपुर बस्ने २० वर्षीय बिज्ञान भण्डारी रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
    यसैगरी कैलाली, धनगढी उपमहानगपालिका ४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोहि उपमहानगरपालिका ४ बस्ने २१ वर्षीय अर्जुन नाथ योगीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    मोरङ, विराटनगर महानरगरपालिका १६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय अजय कुमार राय र ग्रामथान गाउँपालिका ६ बस्ने २३ वर्षीय निरञ्जन माझी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले अजयको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
    रूपन्देही, कञ्चन गाउँपालिका ५ बरगदवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका ३ भगवती टोल बस्ने ३० वर्षीय दुर्गा सुबेदी र सोही गाउँपालिका(४ थकालीचोक बस्ने ३७ वर्षीय महेश थापा रहेका छन् । इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    तनहुँ, आँबुखैरेनी गाउँपालिका(४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम २८ एम्पुल, फेनारगन २८ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुल सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ सुन्दरबजार नगरपालिका ८ बस्ने ३५ वर्षीय अमृत कुँवर र कास्की पोखरा महानगरपालिका २९ पट्नेरी बस्ने ४४ वर्षीय कुशबल गुरूङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको म।प्र।०३.००१ ज ८०१ नम्बरको भ्यानमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका १० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित सोही नगरपालिका(१० कालिका नगर बस्ने ३४ वर्षीय रबि चन्द्र घर्ति मगरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    चितवन, रत्ननगर नगरपालिका १ सौराहाबाट नियन्त्रित लागूऔषध फेनारगन ७९ एम्पुल र नोर्फिन ७९ एम्पुल सहित सोही ठाउँ बस्ने २६ वर्षीय अमन मन्सुरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  
    सुनसरी, कोशी गाउँपालिका १ लौकही चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १६ हजार ८ सय ट्याब्लेट सहित सोही गाउँपालिका २ बस्ने २५ वर्षीय संजय कुमार यादवलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    दाङ, घोराही उपमहानगरपालिका १९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित रोल्पा नगरपालिका ४ लोकतान्त्रिक टोल बस्ने २० वर्षीय खर्कलाल डाँगी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरीले रा.४ प ५१६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ 
काठमाडौं, २० चैत, अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका(१६ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका ६ घर भएकी ५० वर्षीया वन कुमारी गुरूङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
सामाजिक संजाल फेसबुकमा फेक एकाउन्ट खोली आकर्षक तलब, सुविधामा जापान पठाई दिन्छु भनी ४ जना पीडितहरूलाई व्यक्तिगत कागजातहरु समेत पठाउन लगाई, विभिन्न बैंक खातामा पटक(पटक गरी ९० लाख रूपैयाँ जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पक्राउ गरेको हो । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं, २० चैत,  प्युठान, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सरूमारानी गाउँपालिका १ फर्सावाङ बस्ने ३२ वर्षीय तिलक विश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तिलकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढुङ्गेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  
     उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका ७ हाडेबास बस्ने २० वर्षीय बिपु परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिपुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
    रूपन्देही, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चन गाँउपालिका १ बस्ने ४२ वर्षीय मन बहादुर थारूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । मन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
 

विभिन्न सामाजिक सञ्जालबाट नेपाली नागरिकहरू सँग कुराकानी गरी विभिन्न किसिमका प्रलोभन देखाई विश्वासमा पारी नेपाली नागरिकहरूका बैंक खाताहरू समेत प्रयोग गरी ठगी गर्ने गरेको र ठगी गरेको रकमलाई अभौतिक मुद्रा Crypto Currency अथ मा साटी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१२।१९ गते अ. १७.३० बजेको समयमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २६ ठमेल स्थितबाट देश चिन घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २६ ठमेल बस्ने वर्ष ३५ को Zhu Yi Feng, चिनियाँ नागरिकलाई नेपाली रु।१७,७९,७०,३७१।२३।( ९अक्षरेपि सत्र करोड उनासी लाख सत्तरी हजार तीन सय एकहत्तर रुपैयाँ तेइस पैसा० बराबरको अभौतिक मुद्रा USDT(Crypto Currency)  को कारोबार, थान ३ मोबाइल र क्ष्लतभचलबतष्यलब िभ्हउचभकक लेखिएको रकम पठाउन प्रयोग गरिने कागजातहरू सहित नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट दिन ५ ९पाँच० को म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको

मिति २०८२।१२।२० गते अ। १४.३० बजेको समयमा जिल्ला काठमाडौं, चन्द्रागिरि नगरपालिका १४ नैकाप स्थितबाट काठमाडौं जिल्ला अदालतको मिति २०७९।११।०२ गतेको अभद्र व्यवहार मुद्दाको फैसला पश्चात् फरार रहेका प्रतिवादी जिल्ला काठमाडौं, चन्द्रागिरि नगरपालिका १४ नैकाप बस्ने वर्ष २६ को सम्राट के.सि. लाई प्रहरी वृत्त थानकोट र प्रभाग बलम्बु समेतको प्रहरी टोलीले निजलाई खानतलासी गर्दा फेला परेको प्रतिबन्धित लागु औषध Tramadol Capsules IP लेखिएका १५९ पत्ता १५८६ क्याप्सुल, भारतीय दरका नोट २८,०००।(अक्षरेपि अट्ठाइस हजार र नेपाली दरका नोट रु.८,६००। (अक्षरेपि आठ हजार छ सय, विभिन्न बैंकको चेक थान ३, नगद जम्मा गरेको भौचर र मोबाइल थान १ सहित नियन्त्रणमा लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान कार्य भइरहेको ।

मिति २०८२।१२।२० गते काठमाडौं स्थितमा विभिन्न स्थानमा सञ्चालित टिकट काउन्टरहरूमा काम गर्ने व्यक्तिहरूले बस तथा सुमोमा चढी उपत्यका बाहिर जाने सर्वसाधारण यात्रुहरूलाई आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नु पर्छ भनी सर्वसाधारण यात्रुहरूको झोला तथा सामानहरू जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १३ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको  ।

नियन्त्रणमा लिइएका मानिसहरू–
१। प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्क स्थितबाट १२ जनालाई नियन्त्रणमा लिएको ।
२। प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले कलंकी स्थित सडक खण्डबाट १ जनालाई नियन्त्रणमा लिएको ।