Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

शनिबार र आइतबार सार्वजनिक बिदा

२३ सोमबार , चैत्र २०८२६ घण्टा अगाडि

शनिबार र आइतबार सार्वजनिक बिदा

अवदेखि सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएकाे छ । आज चैत २३ गते सोमबारदेखि लागू हुने गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।

त्यसैगरि सरकारले कार्यालय समयमा पनि केहि परिवर्तन गरेर बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गर्दे राजपत्रमा प्रकाशित गरेको छ । जसअनुसार सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिइनेछ ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त व्यवस्था २०८२ साल चैत २३ गते सोमबारदेखि लागू हुने बताइएकाे छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार शैक्षिक संस्थाबाहेकका कार्यालय तथा निकायहरूको हकमा कार्यालय समय परिवर्तन गरि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरिने उल्लेख गरिएको छ ।

त्यस्तै कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म दिन छाेटाे हुने भएकाले कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गर्ने निर्णय गरेको छ । 

यसअघि बसेकाे मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै सातामा दुई दिन बिदा दिने निर्णय गरे बमाेजिम निर्णय कार्यान्वयनका लागि राजपत्रमार्फत औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।