Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक पुर्‍याइँदै

२३ सोमबार , चैत्र २०८२५ घण्टा अगाडि

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक पुर्‍याइँदै

नयाँ शैक्षिकसत्र सुरु हुन लागेसँगै देशका विभिन्न भागमा पाठ्यपुस्तक पुर्‍याइँदैछ । नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भागमा पुर्‍याउन लागिएकाे हाे ।

यसअघि आगामी वैशाख २ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी रहेकाे भएता पनि सरकारले वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न लागेकाे छ । नयाँ शैक्षिकसत्र सुरु हुनु पूर्व जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पुर्‍याइँदैछ ।

यता केन्द्रले यही चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण सुरु गरेकामा पाँच दिनमा २५ लाख थान बिक्री भएको जनाएको छ । शैक्षिकसत्र लाग्नुअघि छापाइ गरी विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने दायित्वबमोजिम केन्द्रले उत्पादन सकेर वितरण सुरु गरेको केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जनाएका छन् ।