Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

बोडेका २९ वर्षीय सुजनले चौथोपटक जिब्रो छेडाउने

२३ सोमबार , चैत्र २०८२६ महिना अगाडि

बोडेका २९ वर्षीय सुजनले चौथोपटक जिब्रो छेडाउने

भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका बोडेमा मनाइने ‘जिब्रो छेड्ने जात्रा’ मा यसपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाउने भएका छन् । हरेक वर्ष वैशाख २ गते मनाइने उक्त जात्रामा श्रेष्ठले चौथोपटक जिब्रो छेडाउने भएका हुन् ।  

हरेक नयाँ वर्षको वैशाख २ गते मध्यपुर थिमी नगरपालिका बोडेमा मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा ९ पटक जिब्रो छेडाएका ५१ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले तीन वर्षअघि छाडेपछि उनका कान्छा छोरा सुजनले तीन वर्ष अगाडि जिब्रो छेडाउन थालेका हुन् ।

बोडेमा मनाइने प्रसिद्ध जात्रामा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएका थिए । त्यसपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ ९ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएकाेमा विगत तीन वर्षदेखि बुद्धकृष्णका कान्छा छोराले जिब्रो छेडाएउन थालेका हुन् । उनले यो वर्ष चौथोपटक जिब्रोे छेडाएर जात्रालाई निरन्तरता दिन लागेका हुन् ।

जात्राका कर्मी नायोसमेत रहनुभएका कृष्णचन्द्र बाग श्रेष्ठले चार सय वर्ष अगाडिदेखि यो जात्रा चल्दै आएको र अहिलेसम्म कुनै पनि परिस्थितिमा यो जात्रा नरोकिएको बताएका छन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्ने जात्राका लागि चार दाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले शुद्ध हुनुपर्ने धार्मिक विश्वास रहेकाे छ ।