
नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब २४ घण्टाभित्र पाइने भएकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री, डा. बिक्रम तिमिल्सिनाले नयाँ लाइसेन्स अब २४ घण्टाभित्र प्राप्त गर्ने व्यवस्तथा मिलाएको बताएका हुन् ।
मन्त्री, तिमिल्सिनाले यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको २४ घण्टाभित्र छपाइ गरी सेवाग्राहीलाई नयाँ लाइसेन्स उपलब्ध गराउने जानकारी दिएका हुन् । त्यसैगरि हाल छपाई गर्न बाँकी रहेका करिब २९ लाख लाइसेन्स २०८३ साल असार मसान्तसम्म छपाई गरी विभागलाई उपलब्ध गराउने बताएका छन् ।
यसअघि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पाउन वर्षाैं लाग्ने गरेकाेमा अहिलेकाे व्यवस्था चालकले राहत पाउने छन् ।


