Advertisement Banner
Advertisement Banner

२४ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

विश्व शान्तिको कामना गर्दै ब्रम्हबीज पिताम्वर पीठको अभियान शुरु

२४ मंगलबार , चैत्र २०८२४ महिना अगाडि

विश्व शान्तिको कामना गर्दै ब्रम्हबीज पिताम्वर पीठको अभियान शुरु

काठमाडौं । विश्व नै अशान्त बनिरहेका बेला ब्रम्हबीज पिताम्वरा पीठ काठमाडौले विश्व शान्तिको कामना गर्दै साधना र तपस्या बाट नै शान्ति सम्भव उल्लेख गर्दै अभियान सञ्चालन शुरु गरेको छ ।  ऐतिहासिक सम्पदा क्षेत्रका रुपमा रहेको पशुपति क्षेत्रलाई मध्यनजर गर्दै पीठ सहित अभियानको शुभारम्भ गरिएको हो । 
कार्यक्रममा काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नंं ८ का वडा अध्यक्ष आशामान संगतले विश्व शान्तिका लागि पीठले आयोजना गरेको प्रवचन सहितको अभियानले बढ्दै गईरहेको आन्तरिक तथा वाह्य द्वन्द्वलाई न्यूनिकरण गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले साधना र तपस्याबाट शान्तिको खोजि गर्ने पीठको अभियानमा महानगरको सम्पदा समितिको तर्फबाट गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो । 
कार्यक्रममा वडा नं. ११ का अध्यक्ष हिरालाल तण्डुकारले पछिल्लो समयमा नेपालीहरुले आफ्नो धार्मिक परम्परा, रीतिरिवाज तथा सभ्यता समेतलाई विर्षदै गएको चर्चा गर्नु हुँदै साधना र तपस्या धार्मिक दृष्टिकोण र बैज्ञानिक दृष्टिकोणबाट समेत निकै नै महत्वपूर्ण भएको धारणा राख्नु भएको थियो । 
कार्यक्रममा धार्मिक अभियन्त अभिषेक जोशीले आफूले हरेक नेपालीको घरमा भागवत गीताको पुस्तक हुनु पर्ने अभियान सञ्चालन गरिरहँदा पश्चिमी संस्कृतिले निकै जरो गाढिसकेको पाएको अनुभव व्यक्त गर्नु हुँदै जवसम्म मुलुकमा  आफ्नो परम्परा, धर्म संस्कृत र सभ्यता जोगाउन नसकिए मुलुक कै अस्तित्व संकटमा पर्न सक्ने उल्लेख गर्नु भयो । 
साधना, तपस्या र अनुष्ठान अभियानले हरेक घर भित्र भएको कलह र आधुनिक गलत संस्कारलाई समेत न्यूनिकरण गर्न सकिने बताउनु हुँदै पीठका प्रमुख सर्वेश्वरी प्रिया सखीले धर्म, संस्कृति र संस्कारमाथि भईरहेको अतिक्रमणले विशेष गरी बालबालिका र युवा बर्गलाई विक्षिप्त बनाईरहेकाले बेलैमा सोच्नु पर्ने बताउनु भएको थियो । 
साधना तथा तपस्याबाट शान्ति खोजि गर्ने प्रवचनात्मक कार्यक्रममा पण्डित अच्चुतराम भण्डारी सन्त नन्हुराम भुर्जी, अभियन्ताहरु  उपासन अधिकारी, रमेश महर्जन एवं वडा ७ का सदस्य उज्वल अर्यालले धर्म र संस्कृतिले समाजमा पार्ने प्रभावका बारेमा चर्चा गर्नु भएको थियो ।