Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलाउँदै

२४ मंगलबार , चैत्र २०८२२ घण्टा अगाडि

सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलाउँदै

सरकारले विभिन्न मुलुकमा कार्यरत ६ देशका राजदूतलाई फिर्ता बाेलाउने निर्णय गरेको छ । गत आइतबार बसेको मन्त्रिपरिषद्काे बैठकले निर्णय गरे अनुसार राजनीतिक कोटामा नियुक्त भएका ६ देशका राजदूतलाई परराष्ट्र मन्त्रालयले चिठी लेखेर फिर्ता बोलाउने निर्णय गरेको जानकारी गराएको हाे ।    

राजनीतिक कोटामा नियुक्त भएका राजदूतहरुमा भारतका लागि डाक्टर शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डाक्टर पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डाक्टर शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन् ।

फिर्ता बाेलाइएका राजदूतहरुलाई एक महिनाभित्र फिर्ता हुन भनिएको छ । उनीहरूलाई केपी ओली नेतृत्वको तत्कालीन सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेको थियो ।

त्यस्तै यसअघि सुशीला कार्कीको नेतृत्वमा गैरदलीय अन्तरिम सरकारले गत असोज ३० गते एकसाथ ११ देशमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाएको थियो । फिर्ता बोलाइएका उनीहरू सबै राजनीतिक कोटामा नियुक्त राजदूत थिए ।