Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

यात्रु तानातान गर्ने २४ जना बिचौलिया नियन्त्रणमा

२४ मंगलबार , चैत्र २०८२६ घण्टा अगाडि

यात्रु तानातान गर्ने २४ जना बिचौलिया नियन्त्रणमा

नेपालकाे पूर्वीनाका काँकडभिट्टाबाट यात्रुलाई तानातान गर्ने २४ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उनिहरुलाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट नियन्त्रणमा लिएकाे हो ।

त्यसरी प्रहरीले नियन्त्रणमा लिएका सबैजना पुरुष रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जनाएका छन् । लामो तथा छोटो दूरीका यातायातका साधनमा चढाउन, होटलमा बास बसाउन र अस्पतालहरूमा उपचारका लागि लगिदिन भन्दै जबर्जस्ती यात्रु तानातान गर्नेहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको बताइएकाे छ ।

यात्रुहरुबाट बिचौलियाले दुःख दिएको भनेर गुनासो आएपछि सोमबार बिहानैदेखि इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नाकाको बसपार्क, बजार र भन्सार आसपासमा निगरानी गर्दै प्रहरी परिचालन गरेको थियो ।