Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

कानुनविपरित काम गर्नेहरु पक्राउ

२५ बुधबार , चैत्र २०८२६ घण्टा अगाडि

कानुनविपरित काम गर्नेहरु पक्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
काठमाडौं, २४ चैत, काठमाडौं महानगरपालिका ९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ किलो ५० ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी घर भएका ३५ वर्षीय अनिल कुमार पासवान र ४५ वर्षीय मोहमद हसन रैन रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोही महानगरपालिका(९ स्थित होटल श्रीयन्त्रको १०३ नम्बरको कोठाबाट मोहमदलाई नियन्त्रणमा लिएको तथा अनिल भागी फरार भएकोमा सोही महानगरपालिका ९ स्थित होटल शिवम् प्लाजाको पार्किङबाट नियन्त्रणमा लिने क्रममा उनले प्रहरी लक्षित प्रहार गरेपश्‍चात प्रहरीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो । घाइते भएका अनिलको राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको  छ ।  साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर ०६ डिएम ७३४६ नम्बरको कार समेत बरामद गरेको छ । 
बाँके, खजुरा गाउँपालिका ७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४८ वर्षीय इस्ट्याक खाँ र ३१ वर्षीय करिम खाँ रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
    धनकुटा, शहिदभूमि गाउँपालिका ६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८ ट्याब्लेट र स्पास्मो ८० ट्याब्लेट सहित सोही गाउँपालिका ५ बस्ने ३१ वर्षीय राकेश राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    झापा, गौरादह नगरपालिका(१ सितापुरीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र डिकोलिक १ सय ३५ ट्याब्लेट सहित सोही नगरपालिका(१ बस्ने २५ वर्षीय भवेश भण्डारी समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले मे।७ प १९५७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  
    यसैगरी झापा, अर्जुनधारा नगरपालिका ६ दासपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सोही नगरपालिका ६ पूर्वेली टोल बस्ने २२ वर्षीय रन बहादुर खवास समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।
    यसैगरी झापा, अर्जुनधारा नगरपालिका ६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने ३७ वर्षीय धन बहादुर राजवंशी समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले धन बहादुरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
    कैलाली, धनगढी उपमहानगरपालिका(२ बैयाबेहडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका ८ बस्ने २५ वर्षीय रघुबिर धामीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कंचनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    रूपन्देही, रोहिणी गाउँपालिका ४ कोटहवाबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार १ सय एम्पुल, डाइजेपाम १ हजार १ सय एम्पुल र बुप्रेनोर्फिन १ हजार १ सय एम्पुल सहित सोही गाउँपालिका(२ खुरहुरिया बस्ने १९ वर्षीय बिशाल यादव समेत ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले  यूपि ५६ एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    मोरङ, विराटनगर महानगरपालिका १६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय ७० मिलिग्राम सहित काभ्रे घर भएका ३३ वर्षीय मनिस तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय  विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
     चितवन, भरतपर महानगरपालिका १८ शान्तिटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३८ वर्षीय सुकमान तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
    यसैगरी चितवन, रत्ननगर नगरपालिका १३ लौरीघोलबाट नियन्त्रित लागूऔषध एनारगन २ सय ४७ ट्याब्लेट र ट्रामाडोल ७३ ट्याब्लेट सहित सोही नगरपालिका १३ बस्ने २४ वर्षीय सुकबिर स्याङतान समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाडीबाट खटिएको प्रहरीले ना.६२ प ९४४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
    सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ३ ईटौराबाटा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित  सोही ठाउँ बस्ने २४ वर्षीय थीर बहादुर चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं, २४ चैत, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर गोदावारी नगरपालिका १२ बस्ने २५ वर्षीय आयुष कार्की र काठमाडौं महानगरपालिका(३१ बस्ने डोटी घर भएका २७ वर्षीय किरण ताम्राकार रहेका छन् ।  
पक्राउ मध्ये आयुषले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख ९० हजार रूपैयाँ र किरणले जर्जिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आयुषलाई ललितपुर गोदावरी नगरपालिका १२ बाट र किरणलाई काठमाडौं महानगरपालिका(३१ बाट पक्राउ गरेको हो । 

अभौतिक मुद्रा तथा हुण्डीको कारोबारमा संलग्न ४ जना पक्राउ
काठमाडौं, २४ चैत, अभौतिक मुद्रा तथा हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका(४ झम्सिखेल बस्ने चितवन घर भएका ३२ वर्षीय सवन अधिकारी, काठमाडौं तारकेश्वर नगरपालिका ४ लोलाङ बस्ने २५ वर्षीय आशिष अधिकारी, काठमाडौं महानगरपालिका २६ ठमेल बस्ने ३२ वर्षीय रबिन जि।आर र ललितपुर महालक्ष्मी नगरपालिका ४ ईमाडोल बस्ने ३७ वर्षीय अनित्य शाक्य रहेका छन् ।
काठमाडौं नयाँ बानेश्वर एरियामा हुण्डी तथा अभौतिक मुद्रा क्रिप्टो करेन्सी समेतको प्रयोग गरी गैरकानूनी तवरले वित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० लाख रूपैयाँ र ग्क्म्त् कारोबार गर्ने विद्युतीय उपकरण सहित पक्राउ गरेको हो । 
उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५क बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुर  बमोजिम अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।

डिसहोमको कर्मचारी भन्दै ठगी गर्ने तीन जना व्यक्ति पक्राउ
काठमाडौं, २४ चैत, डिसहोमको कर्मचारी भन्दै ठगी गरेको अभियोगमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका(३ बस्ने धादिङ घर भएका २२ वर्षीया आरती सिंखडा, काठमाडौं टोखा नगरपालिका ३ बस्ने दोलखा घर भएका २२ वर्षीय विष्णु कार्की र काठमाडौं टोखा नगरपालिका ९ बस्ने रामेछाप घर भएका ४७ वर्षीय असल सिंह तामाङ रहेका छन् ।
काठमाडौंस्थित डिसहोमको कर्मचारी हुँ भनि डिसहोममा आबद्ध नियमित ग्राहकहरूलाई फोन सम्पर्क गरी केहि समयको लागि डिसहोमका ग्राहकहरूको लागि १ वर्षको रिचार्ज गर्दा ४ महिनाको निशुल्क रिचार्ज अफर आएको छ भनि ग्राहकहरूलाई झुक्यानमा पारी रकम लिई ठगी गरेको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।