Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रधानमन्त्रीसँग राजदूतहरूले सामूहिक भेट गर्दै

२५ बुधबार , चैत्र २०८२४ घण्टा अगाडि

प्रधानमन्त्रीसँग राजदूतहरूले सामूहिक भेट गर्दै

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसँग विभिन्न मुलुकका राजदूतहरूले सामूहिक भेट गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज दिउँसो सामूहिक भेट गर्ने तयारी गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई संक्षिप्त रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भेट बारे प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराएका छन् ।

उनले लेखेका छन्, “प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ । मर्यादित कूटनीति, बलियो नेपाल ।”