
हिजाे गृहमन्त्री सुधन गुरुङ काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोलामा बाढीले क्षति पुर्याएको सडकको स्थलगत निरीक्षण गरेका थिए । टोलीसहित रोशी खोला बगर पुगेर उनले त्यहाँकाे निरिक्षण गरेसँगै त्यहाँ अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् ।
रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका क्रसरले गिट्टी बालुवा उत्खनन गरेर बाढी पहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै उनले चासो व्यक्त गरेका हुन् । उनले यसअघिका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रूपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गर्न आफूले रोक्ने बताएका छन् ।
रोशी खोलामा हरेक वर्ष वर्षायाममा आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तरको गुनासोपछि मन्त्री गुरुङ उक्त क्षेत्रको अवलोकनमा पुगेका थिए । यसवर्षकाे बर्खायाम सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा सम्बन्धित निकायलाई ध्यानकर्षण गराउने बताइएकाे छ ।


