
आज नेपाली बजार सुनको मूल्य प्रतिताेला ७ हजार भन्दा बढिले बृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेर २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजाे मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरि हिजाे प्रतिताेला ४ हजार ८ सय २० रुपैयामा काराेबार भएकाे चाँदीकाे पनि आज मूल्य बृद्धि भएकाे छ ।
महासंका अनुनसार आज चाँदी तोलामा २ सय ५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।


