Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

शैक्षिकसत्र वैशाख १५ बाट सुरु विद्यालयहरु अन्याेलमा

२५ बुधबार , चैत्र २०८२११ घण्टा अगाडि

शैक्षिकसत्र वैशाख १५ बाट सुरु विद्यालयहरु अन्याेलमा

सरकारले शैक्षिकसत्र वैशाख १५ गतेबाट  सुरु गर्ने निर्णय गरेसँगै शैक्षिक संस्थाहरू अन्याेलमा परेका छन् । चैत २२ गते बसेकाे मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेपछि शैक्षिक संस्थाहरू अलमलमा परेका हुन् ।

यसअघि वैशाख १ गतेदेखि शैक्षिकसत्र सुरु हुने गरेकाेमा अहिले वैशाख १५ गतेबाट शैक्षिकसत्र सुरु हुने भएपछि वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयनमा अन्योल भएको बताइएकाे छ । पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण शैक्षिकसत्र सारिएको भनिए पनि उक्त निर्णयले विद्यालयहरु अन्याेलमा परेका हुन् ।

सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि शैक्षिकसत्र सार्दा र आइतबार पनि बिदा दिँदा क्यालेन्डर प्रभावित हुने देखिन्छ । जसका कारण हप्तामा दुई दिन बिदा हुँदा क्रेडिट आवर मिलाउनु पर्ने र स्थानीय बिदा कटौती र शुक्रबार पूरै समय पढाउनु पर्ने अवस्था आउन सक्ने बताइएकाे छ ।

यता शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार १५ गतेबाट शैक्षिकसत्र सुरु भएपछि विद्यार्थी भर्ना पनि सोही दिनबाट गर्ने तयारी रहेकाे छ ।