Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

बुटवल–नारायणगढ सडकमा यातायात अवरुद्ध

२६ बिहिबार , चैत्र २०८२२ घण्टा अगाडि

बुटवल–नारायणगढ सडकमा यातायात अवरुद्ध

वर्षाका कारण हिलो र चिप्लो हुँदा बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्ने खण्डकाे सडक हिलो र चिप्लो हुँदा यातयात अवरुद्ध भएकाे हाे ।  

वर्षाका कारण दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकैकाे सडक हिलो र चिप्लो हुँदा सवारी साधान सडकमा फसेर आवतजावत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जनाएका छन् । हिजाे दिउँसोदेखि परेको वर्षाका कारण सडक हिलो र चिप्लो भएपछि सवारी साधनको लाम लागेको छ

अहिले उक्त सडक खण्डमा ‘ग्राभेल’ हालेर यातयात सञ्चालनकाे प्रयास भइरहेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा निर्माणको काम भइरहेकाले सामान्य वर्षामा पनि सडक अवरुद्ध हुँदा यातयात सञ्चालनका लागि समस्या हुने गरेकाे छ ।