
हिजाे साँझ ललितपुरकाे पाटनमा चक्कु प्रहार गरी दाजुभाइको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो ।
अपरिचित नम्बरबाट फोनमा भनाभन भएकाे र उक्त प्रकरण हत्यामा परिणत भएकाे प्रहरीले जनाएकाे छ । फोनमा विवाद भएपछि नेम्बाङ दाजुभाइलाई पाटन बोलाएकाे र उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेकाे बताइएकाे छ ।
प्रहरीका अनुसार फोनमा विवाद भएपछि इमाडोल निवासी दुई दाजुभाइ पाटन आएर झगडा गर्दा सञ्जीवले चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनीहरूलाई बीएन्डबी अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
मासु पसलमा काम गर्ने सञ्जीव सहित चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको बताइएकाे छ ।


