Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पूर्व प्रधानमन्त्री ओली १३ दिनपछि रिहा

२६ बिहिबार , चैत्र २०८२१० घण्टा अगाडि

पूर्व प्रधानमन्त्री ओली १३ दिनपछि रिहा

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १३ दिनपछि रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हाे ।  

बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीले जनाएकाे छ । उनलाई गत भदाै २३ र २४ गते जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो ।

पक्राउ पछि जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । पक्राउ गरे लगत्तै ओलीकी पत्नी राधिकाले गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

उता सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान चैत २६ गतेभित्र टुंग्याउन आदेश दिँदै बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो ।