
चैत १४ गते पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा भएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक दुवै जनालाई आज बिहान हाजिर जमानीमा रिहा गरिएकाे हाे ।
गत भदाै २३ र २४ गते भएकाे जेनीजी प्रदर्शन दबाएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री लेखकलाई पत्नी यशोदाको जिम्मा लगाइएको हो । यसअघि भक्तपुरस्थित निवासबाट समातिएका लेखकलाई महाराजगंजस्थित २ नम्बर प्रहरी गणमा राखिएको थियो ।
उनीमाथि ज्यान मुद्दा लगाउने तयारीसहित अनुसन्धान चलिरहेकोमा चैत २३ गते सर्वोच्च अदालतले म्याद नथप्न परमादेश जारी गरेको थियो । प्रहरीले अदालतको आदेश अनुसार आज उनलाई छोडेको हो ।


