Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे

२७ शुक्रबार , चैत्र २०८२७ घण्टा अगाडि

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै मूल्य बढाएकाे हाे ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भएको भन्दै निगमले नयाँ मूल्य समायोजन गरेकाे बताएकाे छ । गएराति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १७ रुपियाँ तथा डिजेल र मट्टितेलमा २५ रुपियाँ वृद्धि गरेको हाे ।

त्यसैगरि खाना पकाउने एलपि ग्यासकाे प्रतिसिलिन्डर १ सय रुपैयाँले वृद्धि गरिएको छ भने हवाई इन्धनमा (आन्तरिक)तर्फ प्रतिलिटर ६ का दरले वृद्धि गरेको बताइएकाे छ । यसरी मूल्यवृद्धि गर्दा समेत निगमलाई १० अर्ब २१ करोड ९१ लाख घाटा हुने निगमले उल्लेख गरेको छ ।

नयाँ मूल्यसूचीअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २ सय १९ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर २ सय ७ पुग्नुका साथै एलपी ग्यास प्रतिसिलिन्डर २ हजार १० पुगेको छ ।