Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते

२७ शुक्रबार , चैत्र २०८२७ घण्टा अगाडि

कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते

गएराति कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१, बनकसवासामा नेपालगञ्जबाट काठमाडौँजाँदै गरेको बस दुर्घटना भएकाे हाे ।

नेपालगञ्जबाट काठमाडौँ तर्फ जाँदै गरेको भे १ ख ४३७६ नम्बरको बस आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना हुँदा २६ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम र १८ जनाको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जनाएका छन् ।

उक्त दुर्घटनाका घाइतेमध्ये २ महिला र २ पुरुषको बुटवलमा, ३ पुरुषको संजिवनी सामुदायिक अस्पताल, चन्द्रौटामा उपचार भइरहेको छ भने दुर्घटनामा घाइते भएका १२ जना सामान्य उपचारपछि डिस्चार्ज भएर घर फर्किएकाे बताइएकाे छ ।

उक्त बसमा चालकसहित ३७ जना सवार रहेका थिए भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।