Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नेपालले युएईसँग टी-२० सिरिज खेल्ने

२७ शुक्रबार , चैत्र २०८२७ घण्टा अगाडि

नेपालले युएईसँग टी-२० सिरिज खेल्ने

नेपालले युएईसँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएकाे छ । नेपालकाे घरेलु मैदान टियु क्रिकेट रंगशालामा आयोजना हुने खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे ।

नेपालमा हुने विश्वकप लिग २ को अगाडी दुई देश बीच २ खेलको सिरिज आयोजना हुन लागेको हो । बैशाख १२ गतेदेखि सुरु हुने लिग २ को सिरिज अघि बैशाख ७ र ८ गते नेपाल र युएईबीचको टी–२० खेल हुने बताइएकाे छ ।

नेपालले बैशाख १२ गतेबाट लगातार दुई लिग २ का ओडिआई सिरिज आयोजना गर्दैछ । सुरुवातमा युएई र ओमानको टोलीसँग घरेलु भुमिमा खेल्ने नेपालले त्यसपछि स्कटल्याण्ड र अमेरिकासँग खेल्ने खेल तालिका रहेकाे छ ।